प्रचण्डले भने- नेकपा होइन समाजवादी मोर्चा बनाएको भए एकता टिक्थ्यो कि?

प्रधानमन्त्री तगा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७५ जेठ ३ गते नेकपा नबनाइ समाजवादी मोर्चा बनाएको भए एमालेसँगको एकता टिक्थ्यो कि भन्ने विचार व्यक्त गरेका छन्।

सोमबार समाजवादी मोर्चा घोषणामा बोल्दै प्रधानमन्त्री प्रचण्डले एकता किन टिक्न सकेन भनेर गम्भीर आत्मसमीक्षा भने गर्नुपर्ने बताए ।

“म आजको दिनमा हिजो नेकपाको एकता किन टिक्न सकेन भनेर कसैलाई आरोपित गर्न चाहन्नँ । तर, सबैले गम्भीर आत्मसमीक्षा भने गर्न आवश्यक छ, हिजो हामीले अहिलेजस्तै मोर्चा घोषणाको साटो हतारमा पार्टी एकता त गरेनौँ ?” उनले भने ।

‘कमरेडहरू केही वर्ष पहिले यही हलमा हो। यही रोष्ट्रमबाट नेकपा बनाउने घोषणा गरेका थियौं। मैले लामो व्याखा गर्नु छैन, हामीले निकै ठूलो भरोसा गरेका थियौं र अपेक्षा पनि गरेका थियौं। नेकपाले देशलाई समाजवादको बाटोमा, आर्थिक सामाजिक रूपान्तरणको बाटोमा अगाडि बढाउने छ भन्ने निकै ठूलो विश्वास लिएका थियौं, हामीले माओवादी केन्द्रका हैसियतले नेकपा गठनको निम्ति मैले प्रस्तावकको भूमिका खेलें,’ उनले त्यतिबेलाको परिघटना स्मरण गर्दै भने, ‘दुर्भाग्य! जनताको र आम कार्यकर्ताको अपार समर्थर उत्साहको बाबजुद हामीले त्यो पार्टीलाई बचाउन सकेनौं।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार