सिन्धुपाल्चोकका बाढीपीडितलाई करिश्माले दिइन् एकलाख

अभिनेत्री करिश्मा मानन्धरले सिन्धुपाल्चोकका बाढीपीडितका लागि राहतस्वरुप एक लाख रुपैयाँ प्रदान गर्ने भएकी छिन् ।

बाढी प्रभावितलाई सघाउन वरिष्ठ अभिनेता कृष्ण मल्ल संयोजकत्वमा गठित कलाकारको समितिलाई करिश्माले सहायता उपलब्ध गराउने बताएकी हुन् ।

सामाजिक संजाल फेसबुकमार्फत करिश्माले अन्य कलाकारलाई पनि खडा गरिएको कोषमा सहयोग गर्न आग्रह गरेकी छिन् । संकलन हुने रकम १० गते आयोजना हुने कार्यक्रममा बाढी पीडितलाई प्रदान गरिने भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार