समाजवादी मोर्चा औपचारिक रूपमा घोषणा, चार अध्यक्षले गरे हस्ताक्षर

 सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन् । 

सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र सत्ताबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गरेका हुन् । 

भृकुटीमण्डपस्थित  राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरूले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरे । 

कार्यक्रममा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्षस्थ नेताहरूको सहभागिता रहेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार