न्याय माग्न पुगेका उपप्राध्यापक प्रेम चलाउने अदालतबाटै समातिए

न्याय माग गर्दै बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।

चलाउनेविरुद्ध ज्यान मार्ने उद्योग आरोपमा मुद्दा खेपिरहेका नेपाल विद्यार्थी संघका कार्यकर्ताविरुद्धको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि उनी आज आमरण अनशनका गर्ने भन्दै जिल्ला अदालत परिसर गएका थिए  ।

तर प्रहरीले न्याय खोजिरहेका चलाउनेलाई होहल्ला गरेको आरोपमा पक्राउ गरेर लगेको हो । अहिले उनलाई सिंहदरबार वृत्तमा राखिएको छ ।

चलाउनेलाई २०७७ असोज २० गते नेविसंघका कार्यकर्ताहरुले आक्रमण गरेर गम्भीर घाइते बनाएका थिए ।

त्रिवि नेविसंघ अध्यक्ष हरि आचार्यको समूहले चलाउनेलाई गम्भीर घाइते हुनेगरी कुटपिट गरेको थियो ।

त्यसपछि आचार्यसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा चलिरहेको थियो । मुद्दाको अन्तिम सुनुवाइका लागि मंगलबार पेशी तोकिएको थियो ।

तर त्यसअघि नै सरकारले नेविसंघका कार्यकर्ताविरुद्धको उक्त मुद्दा फिर्ता लिने निर्णय गरिसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार