पहिरोमा फसेका पाँचथरका १२ जनाको हेलिकप्टरबाट उद्धार

अविरल वर्षाको कारण पाँचथर जिल्लाको याङवारक १ फेदी स्थित पहिरोमा फसेका १२ जनाको उद्धार गरिएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई उद्दार गरी च्याङथापु स्थित विष्णु मावि मा ल्याइएको नेपाली सेना पूर्वी पृतनाले जनाएको छ ।

विपतमा फसेको समयदेखि नै उक्त स्थानमा ईप्रका च्याङथापुबाट प्रनानि भिमराज थेबेको कमान्डमा प्रहरी टोली खटिएको थियो ।

प्रहरीका अनुसार पाँचथर याङवारक गाउँपालिका १ बस्ने वर्ष ६० का नरमाया गुरूङ, उनको नाती वर्ष १६ का सन्दिप गुरूङ र नातिनी हिमा गुरूङको उद्धार गरिएको छ । त्यस्तै ८० वर्षीय कृष्णबहादुर गुरूङ, उनकी श्रीमती ६० वर्षीया डिकमाया गुरूङ, उनका छोरा ३५ वर्षीय काजुहाङ गुरूङ र बुहारी ३० वर्षीय सुनिता गुरूङको पनि उद्धार भएको छ ।

त्यस्तै ४३ वर्षीय मनबहादुर गुरूङ, उनकी श्रीमती ४४ वर्षीया मन कुमारी गुरूङ, छोरी१६ वर्षकी सुस्मा गुरूङ, सोही स्थानका ७० वर्षीय पदम बहादुर खालिङ र उनकी श्रीमती ६८ वर्षीया मनमाया खालिङको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार