समाजवादी मोर्चा घोषणाको समय सर्‍याे

काठमाडौं । समाजवादी मोर्चा घोषणा कार्यक्रमको समय सारिएको छ ।

आज दिउँसो ३ बजे काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर मोर्चा घोषणा गर्ने तय थियो । त्यो कार्यक्रम आजै अपराह्न ४ बजेका लागि सारिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएकाे छ ।

आज घोषणा हुने समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध हुँदै छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार