ललितपुरमा भोलिदेखि ७७ वर्ष माथिकालाई कोभिशिल्डको दोस्रो डोज दिँइदै

ललितपुर महानगरपालिकाले भोलिदेखि ७७ वर्ष माथिकालाई कोरोना भाइरस विरुद्धको कोभिशिल्डको दोस्रो डोज खोप दिने भएको छ । महानगरभित्र रहेको ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भोलिदेखि असार ९ गतेदेखि खोप दिन लागेको हो ।

महानगरले सूचना जारी गर्दै बुधबारदेखि बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाइने जानकारी दिएको हो ।

महानगरले ७७ वर्ष माथिका दुई हजार दुई सय २० जना कोभिसिल्डको दोस्रो मात्राको खोप दिन लागेको हो । वडा कार्यालयबाट सिफारिस गरिएका व्यक्तिहरूले मात्रै खोप लगाउन पाउने छन् ।

जिल्ला स्वास्थ्य कार्यालयबाट पटक पटक गरी कोभिशिल्ड दोस्रो डोजका लागि हालसम्म २५ सय खोप प्राप्त गरेको छ । हाल प्राप्त भएको खोप अत्यन्त न्यून भएकोले प्राप्त खोपका आधारमा वडावाट सिफारिस भई आएका व्यक्तिहरु मध्येवाट ७७ वर्ष भन्दा माथिको ज्येष्ठ नागरिकले मात्रै खोप पाउने महानगरले जनाएको छ । महानगरले खोप लगाउन ८ वटा केन्द्र तोकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार