तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ९१ हजामा र तेजावी सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा किचबेच भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन प्रतितोला ९० हजार ४ सय रुपैँया र तेजावी सुन प्रतितोला ८९ हजार ९५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस्तै आज चाँदी प्रतितोला १ हजार ३ सय रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबारको तुलनामा आज चाँदी तोलामा ५ रुपैयाँले बढेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार