युरोकप: अष्ट्रिया र डेनमार्क नक आउट चरणमा प्रवेश

अष्ट्रिया र डेनमार्क युरोकप फुटबलको नक आउट चरणमा प्रवेश गरेका छन् । गएराती भएको खेलमा युक्रेनलाई १–० ले हराउँदै अष्ट्रिया राउण्ड अफ सिक्सटिनमा पुगेको हो ।

समूह ‘सि’ मा ३ खेलबाट ६ अंक जोड्दै उपविजेता बनेको अष्ट्रियाले अर्को चरणमा स्थान पक्का गर्दा ३ अंकसहित तेस्रो स्थानमा रहेको युक्रेनले अन्य समुहको परिणाम कुर्नुपर्ने भएको छ ।

यसअघि नैं राउण्ड अफ सिक्सटिनमा पुगिसकेको नेदरल्याण्ड्स ९ अंक जोडेर समुह विजेता बन्यो । गएराति भएको खेलमा उसले उत्तरी मेसेडोनियालाई ३–० ले पराजित ग¥यो ।

उता समुह ‘बि’ मा बेल्जीयम ९ अंकसहित विजेता बन्दा ३ अंक जोडेको डेनमार्क पनि नक आउट चरणमा पुग्यो । गएराति भएको खेलमा बेल्जीयमले फिनल्याण्डलाई २–० ले हराउँदा डेनमार्कले रुसमाथि ४–१ को जित निकाल्यो ।

यो समूहमा दोस्रो स्थानको डेनमार्क, तेस्रो स्थानको फिनल्याण्ड र चौथो स्थानको रुसको समान ३–३ अंक हुँदा गोल अन्तरमा वरियताको टुंगो लागेको हो ।

युरोकप फुटबलमा आज दुई खेल हुनेछन् । समुह ‘डि’ का खेलहरुमा इंग्ल्याण्डले चेक रिपब्लीकसँग खेल्दा क्रोएसिया र स्कटल्याण्ड भिड्नेछन् । दुबै खेल राती पाने १ बजे सुरु हुनेछ ।

यो समुहका दुई खेलबाट ४–४ अंक जोडेको चेक रिपब्लीक र इंग्ल्याण्ड क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् । १–१ अंक जोडेका क्रोएसिया र स्कटल्याण्डको पनि राउण्ड अफ सिक्सटिनमा पुग्ने संभावना बाँकी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार