पार्टी छाडेर एमालेमा गएका १४ जनप्रतिनिधिलाई पदमुक्त गर्न माओवादीले बुझायो विवरण (सूचीसहित)

नेकपा माओवादी केन्द्रले नेकपा विभाजनपछि एमालेतर्फ लागेका स्थानीय तहका १४ जना जनप्रतिनिधिको पद रिक्त गराउन निर्वाचन आयोगमा विवरण बुझाएको छ ।

सोमबार बसेको आकस्मिक केन्द्रीय कमिटी बैठकको निर्णयको माइन्युटसहित माओवादी केन्द्रले दुई नगरपालिकाका मेयर, गाउँपालिका अध्यक्षसहित विभिन्न जिल्लाका वडाध्यक्ष र सदस्यको पद रिक्त गराउन कारवाहीको पत्र बुझाएको हो । कारबाहीमा परेका मध्ये अधिकांश रौतहट र कैलालीका छन् । जसमा २ जना मेयर र ५ जना उपमेयर समेत छन् । रौतहटका मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साह र कटरियाका सियाराम कुशवाह छन् रिना पूर्वमन्त्री प्रभु साहकी पत्नी हुन् ।

यसअघि माओवादी केन्द्रले उनीहरुलाई पार्टी छोडेकाले कारबाही गरेको पत्र निर्वाचन आयोगमा पठाएपनि कारबाहीको अनुमोदन र केन्द्रीय समितिको माइन्युट आयोगमा बुझाउनुपर्ने भन्दै सुचना निकाल्न मानेको थिएन । सोमबारको केन्द्रीय समिति बैठकले निर्णयको अनुमोदन गरेसँगै माओवादीले सोमबारै उक्त विवरण अद्यावधिक गर्न आयोगमा दर्ता गरेको छ ।

यी हुन् माओवादीले पदमुक्त गर्न कारवाही गरेका जनप्रतिनिधिहरू :
रिनाकुमारी साह, प्रमुख- मौलापुर नगरपालिका, रौतहट
सियाराम कुशवाह, प्रमुख- कटहरिया नगरपालिका, रौतहट
परनिया देवी, उपप्रमुख- देवाही गोनाही नगरपालिका, रौतहट
गौरीशंकर जयसवाल, उपप्रमुख- मौलापुर नगरपालिका, रौतहट
कान्ती देवी, उपप्रमुख- फतुवाविजयपुर नगरपालिका, रौतहट
सीमलाल साह, उपप्रमुख- माधव नारायण नगरपालिका, रौतहट
गीतादेवी शाह, उपप्रमुख- युमनामाई गाउँपालिका, रौतहट
छायाँ देवकोटा, उपप्रमुख- भजनी नगरपालिका, कैलाली
शेष फारुक, अध्यक्ष- सम्सी गाउँपालिका, महोत्तरी
सुरेश कुमार थावा, वडाध्यक्ष- चम्पादेवी गाउँपालिका- १ ओखलढुंगा
भागिरथी विष्ट, वडाध्यक्ष- गौरीगञ्ज नगरपालिका- ४, कैलाली
शर्मानन्द भट्ट, वडाध्यक्ष- गोदावरी नगरपालिका- १ कैलाली
पुरन विसी, वडाध्यक्ष- बर्दगोरिया नगरपालिका- ४, कैलाली
समतीलाल दास ताती, सदस्य- लहान नगरपालिका सिरहा

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार