संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई टिकटक नबनाउन निर्देशन दिएको छ ।
कार्यालय समय वा पोसाक लगाएर र कार्यालयको हाताभित्र टिकटक बनाउन रोक लगाउनेगरी देशभरका सम्बन्धित कार्यालयहरूलाई परिपत्र गरिएको हो ।
यदि निजामती कर्मचारीले यस्ता नियम उल्लंघन गरेको पाइए अनुशासन नियम अन्तर्गत कारबाही गर्ने मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिए ।
पछिल्लो समय टिकटकमा निजामती कर्मचारी उच्छृङ्खल भएको भन्दै गुनासो आएकोले उक्त कदम चालिएको मन्त्रालयले जनाएको छ।