त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गोली चलेको छ । लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको एक टोलीले विमानस्थलको मूल गेटनजिकै लागू औषधका कारोबारीमाथि गोली प्रहार गरेको हो ।
लागूऔषध ओसार पसारमा संलग्नको आशंकामा पक्राउ गर्ने क्रममा विकास भगतमाथि गोली चलाएको हो । प्रहरीको फायरिङमा भगतलाई घुँडामुनि गोली लागेको छ ।
घाइतेलाई उपचारका लागि अस्पताल लगिसकिएको छ । निजको साथबाट केही मात्रामा लागू औषध पनि बरामद भएको छ ।