रूपन्देहीको तिलोत्तमामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

रूपन्देहीको तिलोत्तमामा शनिबार राति गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका- ३ शान्तिकुञ्जमा भएको त्यस दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च १४३८ नम्बरको स्कारपियो गाडी सिद्धार्थ राजमार्गअन्तर्गत तिलोत्तमा नगरपालिकाको शान्तिकुञ्जमा सडक बत्तीको पोल र भित्तामा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

दुर्घटनामा अर्घाखाँची छत्रगञ्ज गाउँपालिका-८ घर घएका ३२ वर्षीय गाडी चालक विकास श्रेष्ठको मृत्यु भएको प्रहरीले बतायो । दुर्घटनामा गम्भीर घाइते भएका चालक श्रेष्ठको उपचारको क्रममा बुटवलको चौराह अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा ३१ वर्षीय विज्ञान श्रेष्ठ, ४९ वर्षीय सुरेन्द्र श्रेष्ठ, १८ वर्षीय विप्लव श्रेष्ठ, १७ वर्षीय सुदर्शन श्रेष्ठ र ३५ वर्षीय विशाल पन्थी घाइते भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार