समाजवादी प्रेस संगठनको अध्यक्षमा विश्वमणि सुवेदी

नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनको अध्यक्षमा विश्वमणि सुवेदी चयन भएका छन् ।

शनिबार राति सम्पन्न निर्वाचनमा सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा तिर्थ सिग्देल, सुभाष साह, महासचिवमा रामकुमार एलन, उपमहासचिवमा लेखनाथ सिकारु, प्रतिज्ञा बुढा मगर, सचिवमा कान्ति न्यौपाने, कोषाध्यक्षमा कृपा भण्डारीलगायत निर्वाचित भएका छन् ।

सो संगठनको प्रथम राष्ट्रिय अधिवेशनको गत शुक्रबार उद्घाटन भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार