पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछ – गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिने जनाएका छन् ।

आफना नेताहरुलाई ‘पहिचान पक्षधर’ भनिनेहरुले आक्रामण गरेको तर सरकारले कुनै कारबाही नगरेको भन्दै आपत्ति जनाए पछि गृहमन्त्री श्रेष्ठले सो जबाफ दिएका हुन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै त्रियुगा नगरपालिकामा भएको घटना तथा कोशी प्रदेशमा भएका पछिल्लो घटनामा सलग्नहरुलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार