कोरोना अपडेट : थप १४५ जनामा संक्रमण पुष्टि, एक जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ । यस्तै कोरोनाका कारण आज थप एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा आजसम्म तीन हजार २० जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

त्यस्तै आज थप ९० जना निको भएसँगै नेपालका कोरोना मुक्त हुनेको संख्या २ लाख ७२ हजार १८७ पुगेको छ ।

हाल एक हजार १८२ जना सक्रिय रहेको नेपालमा ५२ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ । नेपालमा आजसम्म २२ लाख ४८ हजार ९९३ वटा नमुनाको पीसीआर माध्यमबाट कोरोना परिक्षण गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार