घट्यो सुनको भाउ

नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य आज प्रतितोला एक हजार रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन एक लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

छापावाल सुन बुधबार प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो ।यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले घटेर आज चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार