यस्तो छ नेपाली फिल्म ‘परस्त्री’को हिन्दी गीत (भिडियो)

नेपाली चलचित्र ‘परस्त्री’को हिन्दी गीत सार्वजनिक गरिएको छ । सुरज पाण्डे निर्देशित उक्त फिल्म आगामी असार १५ गतेदेखि हिन्दी भाषामा पनि प्रदर्शन हुँदै छ ।

त्यसअन्तर्गत आइतबार बिफोरयु म्युजिक युट्युब च्यानलमार्फत ‘होना था जो होने लगा’ बोलको हिन्दी गीत सार्वजनिक गरिएको हो । अमित मिश्र र सोनल प्रधानले गाएको गीतमा अभिनेत्री शिल्पा मास्के र गौरव विष्टले अभिनय गरेका छन् ।

गीतमा विनित त्रिपाठीको शब्द तथा केके ब्रोदर्सको संगीत छ। गीतमा कोरियोग्राफी वाइल्ड रिपर्जले गरेका हुन् । फिल्ममा विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकट देखाइएको छ । फिल्म काठमाडौं र मुस्ताङमा छायांकन गरिएको हो । निरज कँडेलले छायांकन गरेको फिल्म दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

फिल्ममा शिल्पा मास्के, कोसिस क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मालगायत कलाकार छन् ।

डीएस डिजिटलको ब्यानरमा बनेको फिल्म निर्माणमा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले सहकार्य गरेका छन्। फिल्म निर्माता खनालले नै लेखेका हुन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार