प्रतिनिधिसभा बैठक एक घण्टाका लागि स्थगित

नेकपा एमालेसहित सबै प्रतिपक्षी दलले विराेध गरेपछि प्रतिनिधिसभा बैठक एक घण्टाकाे लागि स्थगित भएकाे छ ।

नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत दलले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।

राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै एमालेले जवाफ मागेको छ । प्रधानमन्त्रीले माफी नमागेसम्म संसद चल्न नदिने प्रमुख सचेतक पदम गिरीले अडान राखेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार