भारतीय रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २ सय ८८ पुग्यो

उडिसा । भारतको पूर्वी राज्य उडिसामा दुई यात्रुबाहक रेल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २ सय ८८ पुगेको छ भने अन्य ८ सय ३ जना घाइते भएका छन् ।

टाइम्स अफ इन्डियाले रेल अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ, २० वर्षभन्दा बढी समयको सबैभन्दा घातक रेल दुर्घटनाका कारण २ सय ८८ जनाको मृत्यु भएको छ ।

घाइते यात्रुलाई गोपालपुर, खाँटापारा, बालासोर, भद्रक र सोरोका अस्पतालमा लगिएको छ । ओडिसा राज्यको राजधानी भुवनेश्वरबाट करिब १ सय ७१ किलोमिटर उत्तरपूर्वमा पर्ने बालासोर जिल्लाको बहानागा बजार स्टेसन नजिकै शुक्रबार साँझ सो दुर्घटना भएको हो ।

उक्त दुर्घटनाका कारण प्रभावित रेलमार्गमा सेवा अवरुद्ध भएको छ । दुर्घटनाका कारण हालसम्म ४८ वटा रेलको आवागमन रद्द गरिएको छ भने ३९ वटालाई अन्य मार्गतर्फ पठाइएको छभने १० वटाको आवागमन केही समयका लागि रद्द गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार