बाजुरामा रुखबाट खसेर एक युवाको मृत्यु

बाजुरा । बाजुरामा रुखबाट खसेर एक युवाको मृत्यु भएको छ ।

जिल्लाको बडीमालिका नगरपालिका–७ ढम्कनेमा गाईवस्तुलाई घाँस काट्न गएका बेला शनिबार बिहान रुखबाट खसेर एक युवाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ढम्कनेकै ४२ वर्षीय देवबहादुर धामी रहेको वडासदस्य लोकेन्द्र रोकायाले बताए । रोकायाका अनुसार गाउँनजिकै रहेको कालाजग्रा सामुदायिक वनमा घाँस काट्न गएका बेला शनिबार विहान ८ बजे रुखबाट खसेर धामीको घटनास्थलमै मृत्यु भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार