प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौँ । ४ दिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल आइपुगेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निम्तोमा प्रतिनिधिमण्डलको टोलीसहित जेठ १७ गते भ्रमणमा गएका उनी शनिबार साँझ नेपाल आइपुगेका हुन्।

प्रधानमन्त्री प्रचण्डलाई इन्दिरा गान्धी विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले बिदाइ गरेकी थिइन् ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ भेटवार्ता र प्रतिनिधिमण्डलस्तरीय छलफल गरेका थिए ।

भ्रमणकै क्रममा प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति दौपदी मुर्मू एवं उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

चार दिने भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले भारतसँग ऊर्जा ब्यापार, कार्गो रेल, पारवहन, डिजिटल भुक्तानी प्रणाली लगायतका विषयमा सम्झौता भएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार