रास्वपा मध्यपुर थिमिकाे सभापतिमा मानन्धर

भक्तपुर । राष्टिय स्वतन्त्र पार्टी मध्यपुर थिमि नगर भेलाले कार्यसमिति चयन गरेको छ ।

समितिको सभापतिमा न्हुछेंकाजी मानन्धर निर्वाचित भएका छन् ।  शनिबार मध्यपुर थिमिमा भएको नगर भेलाबाट मानन्धरको सभापतित्वमा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।

नगर समितिको उपाध्यक्षमा स्मृति भटराई, सचिवमा मुशरी नेपाल र कोषाध्यक्षमा समिर पौडेल निर्वाचित भएका छन् ।सदस्यहरुमा गुन्जना ढुंगाना, आराधना बर्मा, अमित दाहाल, सुवास कोइराला, शैलेस जोशी, नरेशराज बुद्धचार्य, श्याम जोशी, अश्विन खनाल र उषा प्रजाति चुनिएका छन् ।

यसअघि भेलाको उदघाटन पार्टीका उपनेता विराजभक्त श्रेष्ठले गरेका थिए । साे भेलामा पार्टी संसदीय सचेतक सन्तोष परियार, जिल्ला सभापति रामेश्वर बस्नेतलगायतले समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा राखेका थिए ।

पार्टीको हालसम्म जिल्ला समिति, चाँंगुनारायण र सूर्यविनायक नगरसमित र अहिले मध्यपुर नगर समिति गठन भएको हो । अव भक्तपुर नगरपालिका नगर समिति मात्रै गठन गर्न बाँंकी छ । यसको लागि पनि तयारी भइरहेको पार्टीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार