इलाममा बुबाको हत्या अभियोगमा छोरा पक्राउ

इलाममा बुबाको हत्या अभियोगमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको माइ नगरपालिका वडा-२ चेप्टीका ३२ वर्षीय दीपक कुमाल छन् ।

बाबु लोकबहादर कुमालको हत्या अभियोगमा दीपक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रदीप सुवेदीले जानकारी दिए ।

उनका अनुसार जेठ ८ गते अंशवण्डाको विषयमा विवाद भएपछि दीपकले बाबु लोकबहादुरमाथि कुटपिट गरेका थिए ।

छोराको कुटाईबाट घाइते भएका लोकबहादुर उपचारको क्रममा शुक्रबार बिहान बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो ।

लोकबहादुरको मृत्युपछि दीपकलाई पक्राउ गरिएको इन्सपेक्टर सुवेदीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार