सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज सुनको मूल्य प्रतितोला एक लाख १३ हजार ३ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो ।  बिहिबार सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १३ हजार ३ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ७५० सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार चार सय १० रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला एक हजार चार सय २५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार