तत्काल पानी पर्ने सम्भावना न्यून, अधिकांश भूभागमा तापक्रम बढ्ने

आज देशभरको मौसम सामान्यतया सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव आंशिक रहेकाले र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्य बदली भई अन्य स्थानको मौसम सफा रहने जानकारी दिएको छ ।

मौसम बदली (आकाशमा बादल) र वर्षा कम भएसँगै केही दिनयता देशभर गर्मी बढेको छ । गर्मीले विशेषगरी तराई क्षेत्रको जनजीवन कष्टकर बनेको छ । अत्यधिक गर्मीका कारण तराईका कतिपय स्थानमा विद्यालय नै बन्द गरिएका छन् । देशको पश्चिमी तथा पहाडी क्षेत्रमा भने मौसम बदली र छिटपुट वर्षा भइरहेकाले तुलनात्मक रूपमा गर्मी कम छ ।

तर काठमाडौं उपत्यकामा पनि केही दिनदेखि गर्मी महसुस भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज बिहान ६ बजेतिरको मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १८ डिग्रीमा उक्लिएको छ । यस्तै बिहीबारको मापनअनुसार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस पुगेको छ ।

काठमाडौं उपत्यकाबाहिर जनकपुर, सिमराजस्ता स्थानमा अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको मौसम महाशाखाको तथ्यांकमा उल्लेख गरिएको छ ।

उनका अनुसार भैरहवा, सिमरालगायतका स्थानहरूको तापक्रम अझै बढ्ने सम्भावना छ । दुईतीन दिनदेखि ती स्थानको तापक्रम ४० देखि ४१ डिग्रीसम्म मापन गरिएको छ ।

‘पश्चिमी र स्थानीय वायु कमजोर भएकोले तत्काल पानी पर्ने सम्भावना छैन त्यसैले गर्मी बढ्ने क्रम अझै केही दिन जारी रहन्छ,’ उनले भने ।

मौसम महाशाखाका अनुसार आज राति देशका पहाडी भेगमा आंशिक बदली (२६ प्रतिशतदेखि ५० प्रतिशतसम्म आकाशमा बादल) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । यस क्रममा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका ‍एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार