आज (शुक्रबार) नेकपा एमालेको सचिवालय बैठक बस्दै छ ।
एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङका अनुसार बैठक ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा अहिले बिहान साढे ११ बजे सुरु हुनेछ ।
‘खासगरी बैठकले पार्टीका केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्नेछ’, उनले भने ।
एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले गत फागुनदेखि वैशाखसम्म सञ्चालित ‘मिसन ग्रासरुट’ अभियानबाट प्राप्त परिणामका आधारमा यसलाई थप विस्तार गर्नेबारे पनि सचिवालय बैठकले निर्णय गर्नेछ ।
गत वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको एमाले केन्द्रीय कमिटीको बैठकले वार्षिक कार्ययोजना बनाएको थियो । त्यसलाई आजको सचिवालय बैठकले अन्तिम रूप दिनेछ ।
एमालेको सचिवालय समिति १९ सदस्यीय छ । तर यसमा सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणका कारण निलम्बन भएका छन् ।