इमरान खानको पार्टीका अध्यक्ष परवेज इलाही पक्राउ

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफका अध्यक्ष परवेज इलाही पक्राउ परेका छन् ।

परवेजलाई उनको घर बाहिरबाट पक्राउ गरिएको हो । पाकिस्तान तहरीक–ए–इन्साफका प्रवक्ताले परवेज इलाहीको गिरफ्तारीको पुष्टि गरेका छन् ।

इलाहीलाई चौधरी जहुर इलाही रोडस्थित उनको घरबाटै पक्राउ गरिएको उनले बताएका छन् ।

जियो न्यूजसँग कुरा गर्दै पञ्जाबका कार्यवाहक सूचना मन्त्री आमिर मिरले भनेका छन्, ‘भ्रष्टाचार विरोधी इकाईले प्रहरीको सहयोगमा परवेज इलाहीलाई पक्राउ गरेको हो ।’

उनी आतंकवादसँग सम्बन्धित मुद्दामा फरार सूचीमा रहेका थिए । यसअघि परवेज इलाहीलाई पक्राउ गर्न पञ्जाब प्रहरीले उनको घरमा छापा समेत मारेको थियो ।

त्यतिबेला उनी भ्रष्टाचार मुद्दामा खोजी भइरहेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार