मेस्सीले परित्याग गरे पीएसजी, अन्तिम खेल शनिबार खेल्ने

काठमाडौं । अर्जेन्टिनी सुपरस्टार फुटबलर लियोनल मेस्सीले पेरिस सेन्ट-जर्मेन यसै सिजनपछि छोड्ने भएका छन् । उनले अन्तिम खेल शनिबार क्लेरमोन्टविरुद्ध खेल्ने तय भएको छ ।

पीएसजीका म्यानेजर क्रिस्टोफे गाल्टियरले बिहिबार आयोजित प्रेस मिटमा मेस्सीको बहिर्गमन पुष्टि गरे ।

उनले भने, ‘पीएसजीमा मेस्सीको अन्तिम खेल क्लेरमोन्ट फुटविरुद्ध हुनेछ । मैले इतिहासमै सर्वोत्कृष्ट फुटबलरलाई प्रशिक्षण दिने सौभाग्य पाएँ । पार्क डेस प्रिन्सेसमा मेस्सीको यो अन्तिम खेल हुनेछ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार