दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले बढेर बन्द भएको हो । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएयता निरन्तर घटेको शेयर बजार आज भने बढेको हो । आज नेप्से १६.५४ अंकले बढेर एक हजार ८ सय ६६ दशमलब ३४ विन्दुमा बन्द भएको हो ।

आज एक अर्ब ६५ करोड ४६ लाख ४८ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका १७१ कम्पनीको शेयरमूल्य बढेको छ भने ३७ कम्पनीकोे शेयरमूल्य घटेको छ । ११ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ६.९४ प्रतिशतले बढेर प्रतिकित्ता ३८६.६० रुपैयाँ पुगेको छ भने विपीडब्ले लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६.०८ प्रतिशतले बढेर प्रतिकित्ता ४०२.९० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार सनराइज फोकस्ड इक्युटी फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी प्रभु बैंक लिमिटेड प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज २३ करोड २१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार