सेवाग्राहीसँग घुस लिएका धादिङका सहायक वन अधिकृत पक्राउ

धादिङको नीलकण्ठ सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेल ४० हजार रुपैयाँसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले पौडेललाई कार्यकक्षबाटै पक्राउ गरेको हो । एक फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठ नियन्त्रणमा लिई अनुसन्धान गर्ने बहानामा ४० हजार नगद मागेर कागजपत्र मिलाउँदै गरेको अवस्थामा सहायक वन अधिकृत पौडेल पक्राउ परेका हुन । पौडेललाई थप अनुसन्धान गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कार्बाही हुने आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका छन् ।

पौडेलले गत वर्षको कात्तिकदेखि नीलकण्ठ सवडिभिजन वन कार्यालय धादिङका प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार