बाख्रा चराउन गएकी १० वर्षीया बालिका मृत भेटिइन

डडेल्धुरा । डडेल्धुरामा बाख्रा चराउन गएकी एक बालिका मृत भेटिएकी छन् । मंगलबार जिल्लाको नवदुर्गा गाउँपालिका–५ लम्पाटीका लक्ष्मण बिककी १० वर्षीया छोरी शानु बिक मृत भेटिएको प्रहरीले जनाएको छ ।

बाख्रा चराउन जंगल गएकी उनी राती अबेरसम्म घर नआएपछि प्रहरीलाई खबर गरिएकोमा अस्थायी प्रहरी पोष्ट ठाँटाबजारबाट खटिएको टोलीले सानुलाई आज बिहान घरभन्दा एक किलोमिटर दूरीको जंगलमा मृत अवस्थामा भेटिएकी हुन् ।

यस विषयमा थप अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार