एमालेले डाक्यो सचिवालय बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पार्टी सचिवालय बैठक बोलाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले यही १९ जेठ शुक्रबार बिहान साढे ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्नेगरी सचिवालय बैठक आह्वान गरेका हुन् ।

बैठकमा पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार