बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था

मुम्बई । फिल्म ‘पुष्पा’को गीत ‘ऊ अंटावा’मा आइटम नृत्य गरेकी साउथ अभिनेत्री सान्था रुथ प्रभु हरेक दिन सफलताको नयाँ उडान भरिरहेकी छन् । हालका दिनमा उनी अभिनेता वरुण धवनका साथ सर्बियामा वेब सिरिज ‘सिटाडेल’को सुटिङ गरिरहेकी छन् । यो वेब सिरिज प्रियंका चोपडाले अभिनय गरेको वेब सिरिजको हिन्दी भर्सन हो ।

सामन्थाले चाँडै नै बाफ्टा अवार्ड विजेता हलिउड निर्देशक फिलिप जोनको निर्देशकीय फिल्ममा अभिनय गर्ने भएकी छन् । उनी ‘सिटाडेल’को काम पुरा गरेपछि विवेक कालराका साथ पहिलो अङ्ग्रेजी फिचर फिल्ममा अभिनय गर्नेछिन् । यो फिल्म टिमरी एन मुरारीको उपन्यास ‘द अरेजन्मेन्ट्स अफ लभ’मा आधारित हुनेछ ।

फिल्मले एक दक्षिण एसियाली वेल्समेन विवेक कालराको कथा बोल्नेछ । जो आफ्नो पिता खोज्नका लागि चेन्नईको यात्रा गर्छन् । उनले एक जासुस(सामन्था रुथ प्रभु)को सहयोग माग्छन् । रोमान्टिक कमेडीमा आधारित फिल्ममा दर्शकले पूर्वीय र पश्चिमी संस्कृतिको मिश्रण पाउनेछन् ।

फिल्मको सुटिङ चेन्नई र यूकेमा हुनेछ । फिल्म अङ्ग्रेजी र तमिल दुवै भाषामा रिलिज हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार