रेशम चौधरीविरुद्धको मुद्दा भट्टराईको इजलासमा

काठमाडौं । टीकापुर घटनाका मुख्य योजनाकार रेशमलाल चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिइएकोविरुद्ध दायर भएको रिट न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको छ।

घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहरा कडायतले दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न बुधबार न्यायाधीश भट्टराईको एकल इजलासमा पेसी तोकिएको हो । पेशी २५ औँ नम्बरमा रहेकाले आज सुनुवाइ हुने सम्भावना भने कम छ।

सम्बन्धित समाचार