धितोपत्र बोर्डको सूचनाविरुद्ध परेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डलाई कारण देखाउ आदेश जारी गरेको छ । गत मंगलबार बोर्डले ५१ कम्पनीलाई जोखिमयुक्त भनेर नामै सार्वजनिक गरेपछि सर्वोच्चमा रिट दायर भएको थियो ।

सो रिटमा सुनुवाई गर्दै न्यायाधीश कुमार चुडालको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ दिन आदेश दिएको हो । बोर्डको कदमविरुद्ध अधिवक्ता रविन बोहजुले रिट दर्ता गराएका थिए । बोर्डले लगानीकर्तालाई त्रसित र आतंकित बनाएको साथै नियामक क्षेत्राधिकार बाहिर गएर बजारलाई प्रभावित पारेको रिटमा उल्लेख छ ।

निवेदकले अन्तरिक आदेश जारी गर्न माग गरे पनि धितोपत्र बोर्डको कार्यले निवेदकको निर्विवाद हकमा असर पारेको नदिएकाले आदेश जारी गरिरहनु नपर्ने सर्वोच्चको आदेशमा उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार