सिटी एक्सप्रेस मनी ट्रान्सफरको सिइओमा सैंजु नियुक्त

सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा निरज मान सैंजु नियुक्त भएका छन् । कम्पनीमा अनुभवी कार्यकारी अधिकृत निरज मान सैंजुको उच्चस्तरीय नेतृत्व क्षमता र कार्यानुभवले सिटी एक्सप्रेसको प्रगतिले नयाँ उचाइ लिने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । ४२ वर्षीय सैंजुको बैङ्किङ क्षेत्रमा २० वर्ष भन्दा बढी अनुभव साथै धेरै वाणिज्य बैङ्कहरूको फिल्ड ट्रेजरी विभागमा १५ वर्ष भन्दा बढी उत्कृष्ट अनुभव छ ।

क्यानडा स्थित सेक्युरिटी इन्स्टिच्युटबाट सुरक्षा कोर्स गरेका सैंजुसँग सुरक्षा र लगानीको क्षेत्रमा ज्ञान छ । नवनियुक्त सीईओ सैंजुले आफुले कम्पनीको दिगो आर्थिक वृद्धिको लागि नेटवर्कको विश्वव्यापी पहुँच विस्तार गरी नेपालको सबैभन्दा ग्राहक केन्द्रित कम्पनी बनाउने विश्वास दिलाएका छन् ।

सिटी एक्सप्रेसले विगत १६ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढी भुक्तानी केन्द्रहरू मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैङ्कको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार