यस्ताे छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार गोलभेडा ठूलो(नेपाली)को प्रतिकेजी न्यूनतम मूल्य ३०, मकै बोडी प्रतिकेजी मूल्य ५०, कुरीलो प्रतिकेजी १५०, काउली स्थानिय प्रतिकेजी मूल्य ७०, आलु रातो ३९ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी कागती १५० रुपैयाँ, चमसूरको साग रू १००, डल्लेच्याउ प्रतिकेजी २७० रुपैयाँ , न्यूरो ७०रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ, लोकल काक्रो ११०, अदुवा प्रतिकेजी २३० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४०, अनार ३०० रुपैयाँ, किवि ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २२० रुपैयाँ, ताजा माछा(रहु) ३३०, ताजा माछा(मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार