कार दुर्घटनामा उपप्रधानमन्त्री खड्काकी बुहारीसहित दुईको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–८ मुगुवा खोला नजिकै मंगलवार बेलुका भएको दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी भाइ बुहारी डा. सञ्जु खाती खड्का र कार चालक गोरखाका ३७ वर्षका सुवास अधिकारी रहेका छन् ।

नेपालगञ्जबाट काकरभिट्टाका लागि छुटेको भे १ ३३३५ नम्बरको बस र सुर्खेततर्फ जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कार ठोक्किँदा डा. खाती र चालक अधिकारीको मृत्यु भएको इलाका प्रहरी कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीले बताए ।

पेसाले डाक्टर रहेकी सञ्जु कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काकी श्रीमती हुन् । डम्बर उपप्रधानमन्त्री खड्काका माइला भाइ हुन् ।

बस चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको र बसमा सवार भने सकुशल रहेको डिएसपी तिवारीले बताए । दुर्घटनामा परी बसमा सवार ६ जना सामान्य घाइते भएका छन् । उनीहरुको कोहलपुरमा उपचार भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार