कोशी प्रदेश सरकारले आन्दोलनरत पहिचानवादीलाई वार्तामा बोलायो

विराटनगर । प्रदेशको नामकरणपछि असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका पहिचानवादीहरूलाई वार्ताको टेबुलमा आउन कोशी प्रदेश सरकारले औपचारिक आव्हान गरेको छ ।

कोशी प्रदेश सरकारको तर्फबाट प्रवक्ता भक्तिप्रसाद सिटौलाले मंगलबार वक्तब्य जारी गर्दै वार्तामा आउन आग्रह गरेका हुन् ।

‘नामकरणको बारेमा रहेका आफ्ना विमतिहरूलाई शान्तिपूर्णता राख्न अनुरोध गर्दै पूर्वघोषित विरोधका कार्यक्रमहरूलाई स्थगन गरी वार्ता र संवादको माध्यमबाट निकास खोज्न सम्बद्ध पक्षलाई कोशी प्रदेश सरकार आह्वान गर्दछ ।’ वक्तव्यमा भनिएको छ ।

फागुन १७ मा प्रदेशसभा बैठकबाट प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर आन्दोलनमा छन्। आन्दोलनका क्रममा एक जनाको ज्यान गइसकेको छ भने झडपहरू नियमित रूपमा भइरहेका छन्। आइतबार मात्रै प्रदेशसभा भवन अगाडि प्रदर्शनकारी बीच दिनैभरीजसो झडप हुँदा चार दर्जनभन्दा बढी घाइते भएका थिए।

सम्बन्धित समाचार