माओवादी केन्द्रद्वारा सगरमाथा आरोही बुढामगरलाई सम्मान

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले दुवै खुट्टा गुमाएर पनि सगरमाथाको कीर्तिमानी आरोहण गर्न सफल हरि बुढामगरलाई सम्मान गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले उनलाई सम्मान गरेका हुन्।

महराले अपांगता भएका व्यक्तिहरुको टिम नै बनाएर विश्वव्यापी रुपमा शान्तिको अभियान छेड्ने बुढामगरको अभियान रहेको र त्यसमा आफू र आफ्नो पार्टीले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार