आइतबार थप २ हजार ४४२ जनामा संक्रमण, ५१ जनाको मृत्यु

नेपालमा आइतबार थप २ हजार ४ सय ४२ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ६७७ पिसिआर र ४ हजार २४९ एन्टीजेन परिक्षणका क्रममा थप २ हजार ४४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४७ हजार ६५१ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ५१ जनाको मृत्यु भएको छ भने हालसम्म ८ हजार ७२६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यस्तै थप ३ हजार ४५६ संक्रमित निको भएका छन् भने हाल नेपालमा ५५ हजार ५३२ जना सक्रिय संक्रमित रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार