महोत्तरीमा एनएमबि बैंक लुटपाट (भिडियोसहित)

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको हो ।

हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । ४ जनाको लुटेरा समूहले कर्मचारीलाई पेस्तोल देखाएर करिब ३५ लाख लुटेका हुन् ।

हतियारधारी समूहले मंगलबार १२ बजेर २० मिनेटमा रकम लुटपाट गरेको हो । लुटिएको रकममा २–३ लाख तलमाथि हुनसक्ने बैंकले जनाएको छ । उनीहरू मास्क लगाएर बैंकमा प्रवेश गरेको पनि बैंकले जनाएको छ । बैंक लुटेपछि उनीहरू मोटरसाइकलमा भागेका थिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार