टर्कीको राष्ट्रपतिमा तैय्यप इदोर्गान पुन: निर्वाचित

टर्कीको राष्ट्रपति निर्वाचनमा रेसेप तैय्यप इदोर्गान पुन: निर्वाचित भएका छन् । उनले विपक्षी दलका नेता कमल कालाचदारलुलाई चार मतको अन्तरले पराजित गरेका हुन् ।

टर्कीको निर्वाचन आयोगले जनाएअनुसार ५२ दशमलव १४ प्रतिशत मत पाएका थिए । राष्ट्रपतिमा निर्वाचित हुन कम्तिमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ । यसअघि मे १४ मा पहिलो चरणको निर्वान भएकोमा कसैले ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा आइतबार दोस्रो चरणको निर्वाचन भएको थियो ।

उनी सन् २०१४ मा पहिलोपटक टर्कीको राष्ट्रपति निर्वाचित भएका थिए । त्यसअघि सन् २००४ मा प्रधानमन्त्रीको कार्यकाल सम्हालेका थिए ।

जितपछि इस्तानबुलस्थित आफ्नो निवासबाट उनले पुन:  राष्ट्रपति निर्वाचित भएपछि देशवासीको नाममा सम्बोधन गर्दै धन्यवाद दिए । प्रतिपक्षी नेता कालाचदारलुलाई आतंकवादी भन्दै उनले अलबिदा भने ।

जितपछि उनले आफूलाई मतदान नगर्नेलाई आतंकवादीलाई साथ दिएको भन्दै आक्रामक प्रतिक्रिया दिएका थिए ।

प्रतिपक्षी नेता कालाचदारलु चुनावमा धाँधली भएको आरोप लगाए । इदोर्गानले सरकारी संयन्त्रको दुरुपयोग गरेको उनको आरोप थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार