प्रतिनिधिसभाको बैठकमा बजेटमाथि तीन दिन छलफल हुने भएको छ । अर्थमन्त्री डा. प्रकाशरण महतले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि जेठ २० देखि २३ गतेसम्म छलफल हुने सभामुख देवराज घिमिरेले बताए ।
बजेटमाथि उठेको प्रश्नमा २५ गते अर्थमन्त्रीले जवाफ दिने बताए । प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणको लागि यहि १७ गते जाँदै छन् ।