६ प्रदेशका पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना

आज ६ प्रदेशका पहाडी भेगमा मेघगर्जनरचट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी र बागमती प्रदेशका पहाडी भेगकै एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का (१० मिलिमिटर पानी पर्नु) वर्षा हुने सम्भावना छ ।

यस्तै राति पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशकै पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार अहिले कुनै ठूलो ‘सिस्टम’ (पानी पार्ने मौसम प्रणाली) नरहेकाले ठूलो वर्षाको सम्भावना भने छैन ।

काठमाडौंमा बेलुकीपख छिटपुट वर्षाको सम्भावना
आज दिउँसो काठमाडौं उपत्यकामा वर्षाको सम्भावना नदेखिएको मौसमविद्ले बताएका छन् । ‘आज दिनभर घाम लाग्ने सम्भावना छ’, मौसमविद् पौडेलले भने, ‘बेलुकीपख उपत्यकाका कतै कतै छिटपुट वर्षा हुनसक्छ ।’

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार