सिएट टायरको नयाँ सोरुम बालकुमारीमा

नारायणी अटो बिजनेस प्रालिले ‘सिएट सपी’ नामक सिएट टायरको शोरुम ललितपुरको बालकुमारीमा सञ्चालनमा ल्याएको छ । सिएट इन्डियाअन्तर्गत अन्तर्राष्ट्रिय व्यापारका भाइस प्रेसिडेन्ट सत्य रावले शोरुमको उद्याटन गरेका हुन् ।

सिएट टायरको यस नँया शोरुमले नेपाली ग्राहकको बदलिँदो इच्छा एवं आवश्यकतालाई सर्वोत्कृष्ट ढंगले परिपूर्ति गर्ने कुरामा ढुक्क भएको रावले बताए ।

उनले सिएट इन्डिया नारायणी अटो बिजनेससँग निरन्तर प्रभावकारी सहकार्य गरी भविष्यमा सिएट ब्रान्डको छविलाई नेपाली बजारमा अझ सुदृढ बनाउन उत्सुक रहेको पनि जानकारी दिए ।

सिएट जस्तो गुणस्तरीय टायर ब्रान्डसँग जोडिन पाउँदा आफूलाई हर्ष एवं गौरवको अनुभव भएको नारायणी अटो बिजनेसका प्रबन्ध निर्देशक अनुप बरालले बताए ।

यस शोरुम नेपाली बजारमा निरन्तर वृद्धि भइरहेको सिएटको मागलाई सम्बोधन गर्न एक कोशेढुंगा सावित हुने पनि बरालले बताए ।

कार्यक्रममा बोल्दै सिएट इन्डियाको नेपाल र भुटानका कन्ट्री म्यानेजर राजपाल चड्डाले सिएट टायरको गुण एवं विशेषताबारे प्रस्ट पारे ।

यस्तै, यस टायर लामो समयदेखि नेपाली ग्राहकको पहिलो रोजाइमा पर्न सफल ब्रान्ड रहेको र आफूहरू निरन्तर ग्राहकलाई गुणस्तरीय एवं भरोसा योग्य तवरले सेवा प्रदान गर्न प्रतिबद्ध रहेको सिएट टायरका नेपालस्थित आधिकारिक विक्रेता श्री एसटिसीका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेतीले बताए ।

नयाँ शोरुमको उद्घाटनको अवसरमा सिएट टायरको मोडल अनुरूप ५ देखि १५ प्रतिशतसम्म छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार