यस सिजनको फ्रेन्च लिगको उपाधी पिएसजीलाई

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजीं) ले फ्रेन्च लिग वानको उपाधि जितेको छ ।

स्ट्रासबर्गसँग १–१ को बराबरी खेल्दै पिएसजीले एक खेल अगावै फ्रेन्च लिगको उपाधी जीत हासिल गरेको हो । यो जीतसँगै पिएसजीले ११औं पटक फ्रेन्च लिगको उपाधी उचालेको हो ।

पिएसजीलाई च्याम्पियन बन्न एक अंकको खाँचो रहेको बखतामा शनिवार राती भएको खेलमा लियोनेल मेस्सीले गरेको गोलले पिएसजीलाई उपाधी जित्न सहज भएको हो । पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिए पनि दोस्रो हाफको ५९औं मिनेटमा मेस्सीले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए ।

तर, घरेलु टोली पिएसजीले लिएको सो अग्रता लामो समयसम्म कायम रहन भने सकेन । खेलेको ७९औं मिनेटमा केभिन गेमेरियोले गोल गरे पछि स्ट्रासबर्गले बराबरीमा मात्रै खेलेन, रेलिगेसनवाट जान पनि रोकियो ।

यस बराबरीसँगै पिएसजीले ३७ खेलबाट ८५ अंक बटुलेको छ भने स्टार्सवर्ग ३७ खेलबाट ४० अंक जोडेर १५औं स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार