खोलाको बिचमा फसेका ८ जना बालबालिकाको उद्धार

अविरल वर्षाका कारण कपिलवस्तुको अर्राखोलाको पानीको बहाव बढेपछि खोलाको बिचमा फसेका आठजनालाई सुरक्षाकर्मीले उद्धार गरेका छन् ।

कपिलवस्तु विजयनगर गाउँपालिका -१ मधनगरास्थित अर्राखोलामा फसेका ८ जनालाई शनिवार सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको हो ।

उद्धार गरिएका बालबालिकाहरू कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिका-१ बस्ने १४ वर्षीया निशा मगर , १४ वर्षीय सागर परियार , ७ वर्षीया आकृति परियार , ८ वर्षीया निशा मल्ल , १२ वर्षीय प्रदीप रावत क्षेत्री , १३ वर्षीय आकाश परियार , १२ वर्षीय शक्ति परियार , १३ वर्षीया नैनकला रावत क्षेत्री रहेका थिए ।

गाईबस्तु चराउन गएका बच्चाहरू शनिवार दिउँसो ४ बजे तिर एक्कासि ठुलो पानी परे पछि पानीको बहाव बढे सँगै खोलाकै बिचमा अलपत्र परेका थिए । केही दिन देखी परिरहेको अविरल वर्षाको कारण सबै ठाउँमा खोला र नदिहरुमा पानीको बहाव बढिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार