प्रदेशका योजनाबाट प्राविधिकलाई कमिशन !

सुदूरपश्चिम प्रदेश सरकारका योजनाबाट प्राविधिकले दश प्रतिशतसम्म कमिशन लिएको पाइएको छ । प्राविधिकले प्रत्येक योजनाबाट १० प्रतिशत रकम लिएर बिल उठाइरहेको उपभोक्ताको आरोप रहेको छ । प्राविधिकहरुले योजनाको स्थलगत अनुुगमन नगरेर मार्तडीमै बसेर बिल उठाउने गरेको पाइएको छ ।

प्रदेशको जिल्ला डिभिजन वन कार्यालय बाजुराअन्र्तगत पर्यटन पूर्वाधार कार्यक्रम तथा प्रदेश भूर्वाधार कार्यक्रम अन्र्ततगका योजनाबाट कमिसन लिएर योजनाको भूक्तानी दिने गरेको एक उपभोक्ता समितिका अध्यक्षले बताएका छन् । जिल्लामा पर्यटन पूर्वाधार कार्यक्रम अन्र्तगत २९ योजना र प्रदेश पूर्वाधार कार्यक्रम अन्र्तगत २७ योजना रहेका छन् ।

जिल्ला डिभिजन वन कार्यालय बाजुराका सूचना अधिकारी राजन कुँवरका अनुसार सबै योजनामा प्राविधिक नपुुगेको स्वीकार गर्दै जनशक्ति थप्नुपर्ने बताए । पर्यटन पूर्वाधार कार्यक्रमअन्र्तगत बाजुरा खर्टाएका इञ्जिनियर प्रशान्त बोहराले भने कमिशन लिएको सत्य नभएको बताए ।

Loading...